समाज रूपान्तरणको अभिभारा पूरा भएको छैन : पूर्वराष्ट्रपति भण्डारी

हिमाल प्रेस १४ असार २०८० १८:१३ | Thursday, June 29, 2023
समाज रूपान्तरणको अभिभारा पूरा भएको छैन : पूर्वराष्ट्रपति भण्डारी विद्या भण्डारी। फाइल तस्बिर।

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज रूपान्तरणको अभिभारा पूरा नभएको बताएकी छन्। बिहीबार मदन भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले समाज रूपान्तरणको अभिभारा पूरा गर्न लामो यात्रा तय गर्न बाँकी रहेको बताएकी हुन्।

जनताको जीवनमा सम्पूर्ण रूपमा परिवर्तन ल्याउने, समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पनाको दायित्व पूरा भइनसकेको उनको भनाइ थियोा। राजनीतिक रूपमा केही संरचनागत परिवर्तनहरू भए पनि नेपाली क्रान्ति सम्पन्न भइनसकेको उनले बताइन्।

‘समाज रूपान्तरणको हाम्रो अभिभारा पूरा भइसकेको छैन। यसका लागि धेरै लामो यात्रा तय गर्न बाँकी नै छ,’ उनले भनिन्, ‘जनताको जीवनमा सम्पूर्ण रूपमा परिवर्तन ल्याउने, समृद्ध नेपाल, सुखी नेपालीको जुन परिकल्पना छ, त्यसको दायित्व पूरा भइसकेको छैन।’

प्रकाशित: १४ असार २०८० १८:१३ | Thursday, June 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast