समाजवादी मोर्चा सत्ता टिकाउने गठबन्धन नबनोस् : खनाल

हिमाल प्रेस ४ असार २०८० १८:१३ | Monday, June 19, 2023
समाजवादी मोर्चा सत्ता टिकाउने गठबन्धन नबनोस् : खनाल झलनाथ खनाल

काठमाडौँ- पूर्वप्रधानमन्त्री नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चालाई सत्ता टिकाउने मोर्चा मात्र नबनाउन नेताहरुलाई आग्रह गरेका छन्। काठमाडौँमा  सोमबार आयोजित समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले समाजवादी मोर्चा सत्ता टिकाउने मोर्चा मात्रै नबनाउन नेताहरुलाई आग्रह गरेका हुन्।

उनले  देशभरका वामपन्थी, समाजवादी र क्रान्तिकारीहरुलाई एकतावद्ध नगरेसम्म देशमा सही विकल्प निर्माण हुन नसक्नेमा जोड दिए। साथै उनले मोर्चा मोर्चा निर्माणको पहिलो पाइला मात्रै भएको बताए।

पूर्वप्रधानमन्त्री खनालले भने, ‘अहिले जुन प्रकारको यो मोर्चा बनेको छ। यो पहिलो पाइला मात्रै हो। सिंगो देशका समस्त देशभक्तहरूलाई, समस्त वामपन्थीहरूलाई, समस्त समाजवादीहरुलाई, समस्त क्रान्तिकारीहरूलाई हामीले एकताबद्ध नगरेसम्म हाम्रो देशमा सही विकल्प निर्माण हुन सक्दैन। त्यसो हुनाले हामीले यो मोर्चालाई अझै व्यापक बनाउनुपर्ने आवश्यकता छ।’

प्रकाशित: ४ असार २०८० १८:१३ | Monday, June 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast