समाजवादी मोर्चा वृद्धहरूको क्लब : योगेश भट्टराई

हिमाल प्रेस ५ असार २०८० २०:३३ | Tuesday, June 20, 2023
समाजवादी मोर्चा वृद्धहरूको क्लब : योगेश भट्टराई

काठमाडौँ- नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले समाजवादी मोर्चा वृद्धहरूको क्लब भएको बताएका छन्। मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले समाजवादी मोर्चा प्रौढहरूको क्लब भएको बताएका हुन्।

उनले समाजवादको धारणामा एकरूपता हुन नसकेकाहरूको मोर्चा धेरै समय नटिक्ने पनि बताए। उनले मोर्चामा संविधान च्यात्नेसम्म रहेको उल्लेख गर्दै संविधानप्रति समान दृष्टिकोण नरहेकाहरूको मोर्चाले उपलब्धि दिन नसक्ने दाबी गरे।

समाजवादी मोर्चा बनाएका दलहरू अस्तित्वको संकटमा रहेको उनको भनाइ थियो।

प्रकाशित: ५ असार २०८० २०:३३ | Tuesday, June 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast