समाजवादी मोर्चा निर्माणमा सहभागी हुने नेकपा एसको निर्णय

हिमाल प्रेस १ असार २०८० १२:५६ | Friday, June 16, 2023
समाजवादी मोर्चा निर्माणमा सहभागी हुने नेकपा एसको निर्णय

काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टी समाजवादी मोर्चामा सहभागी बन्ने भएको छ। शुक्रबार केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी उपमहासचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाले समाजवादी मोर्चामा पार्टी सहभागी हुने बताए। समाजवादी मोर्चामा सहभागी बन्न सबै पार्टीको आन्तरिक बैठक पूरा भइसकेपछि अबको केही दिनमा नै मोर्चा घोषणा हुने उनले जानकारी दिए।

‘समाजवादी मोर्चाको चर्चा सबैभन्दा बढी छ। यो मोर्चा गठन गर्नेबारे हामीले लामो समयदेखि चर्चा गरिरहेका थियौं। यस मोर्चा चाँडोभन्दा चाँडो घोषणा गर्छौं,’ उनले भने।

संसद र संसदबाहिर समाजवादी विचारधारा प्रवाह गर्ने, देशको विकासमा वकालत गर्ने, आम जनतालाई दिने सेवा सुविधा दिन दबाब दिनेगरी मोर्चा घोषणा गर्न लागिएको उनले बताए।

समाजवादी मोर्चामा अहिलेसम्म नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी, नेपाल (जसपा) र नेत्रविक्रम चन्द ‘वप्लव’ नेतृत्वको नेकपा रहेको उनको भनाइ छ।

प्रकाशित: १ असार २०८० १२:५६ | Friday, June 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast