समाजवादी मोर्चा इतिहास बताएर गर्व गर्ने प्रौढहरूको क्लब हो : योगेश भट्टराई

हिमाल प्रेस ५ असार २०८० १८:१९ | Tuesday, June 20, 2023
समाजवादी मोर्चा इतिहास बताएर गर्व गर्ने प्रौढहरूको क्लब हो : योगेश भट्टराई

काठमाडौँ- नेकपा एमालेका सचिव योगेश भट्टराईले समाजवादी मोर्चामा रहेका दलहरूको अस्तित्व संकटमा रहेको बताएका छन्।

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले समाजवादी मोर्चा बनाएका माओवादी, जसपालगायत दलहरूको अस्तित्व संकटमा रहेको बताएका हुन्।

कांग्रेस र एमालेसँग नमिल्ने हो भने माओवादी पाँचदेखि आठ सिट र नेकपा एकीकृत समाजवादी शून्य सिटमा आउने अवस्था रहने उनले बताए।

उनले समाजवादी मोर्चाको कुनै औचित्व नरहेको भन्दै संविधान बनाउने र संविधान च्यात्ने एकै ठाउँमा रहेकाले धेरै दिन नटिक्ने पनि तर्क गरे। भट्टराईले मोर्चा विगतको इतिहास बताएर गर्व गर्ने प्रौढहरूको क्लब भएको बताए।

उनले समाजवादी मोर्चालाई नियालिरहेको भन्दै मोर्चाका कारण एमालेलाई कुनै दबाब नभएको उल्लेख गरे।

प्रकाशित: ५ असार २०८० १८:१९ | Tuesday, June 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast