समाजवादी मोर्चाको घोषणा आज, राष्ट्रिय सभा गृहमा कार्यक्रम

हिमाल प्रेस ४ असार २०८० ७:५० | Monday, June 19, 2023
समाजवादी मोर्चाको घोषणा आज, राष्ट्रिय सभा गृहमा कार्यक्रम

काठमाडौँ– नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल (जसपा) र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच समाजवादी मोर्चा सोमबार (आज) घोषणा हुँदैछ।

धेरै समयदेखि चर्चामा रहेको समाजवादी मोर्चा औपचारिपक रूपमै घोषणा गर्न दलहरूबीच सहमति जुटेको हो।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार (हिजो) बसेको बैठकबाट सरकारमा रहेका तीन दलसहितको समाजवादी मोर्चा सोमबार गठन गर्ने सहमति बनेको हो। सोही निर्णयअनुसार आज राष्ट्रिय सभागृहमा एक कार्यक्रम आयोजना गरी समाजवादी मोर्चा नेपाल घोषणा गर्ने कार्यक्रम तय भएको हो।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्र, माधव नेपाल नेतृत्वको नेकपा एस, उपेन्द्र यादव नेतृत्वको जसपा र विप्लव नेतृत्वको नेकपा र नेकपा राष्ट्रिय अभियानमा संयोजक वामदेव गौतम मोर्चामा एकीकृत हुने निश्चित छ।

मोर्चाको घोषणा पत्रको मस्यौदामा मोर्चाको नेतृत्व शीर्ष नेताहरूले आलोपालो गर्ने तथा निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यताअनुसार हुने उल्लेख छ। मोर्चाका सदस्यहरूले साझा नीति, कार्यक्रम र उद्देश्यको आधारमा काम कारबाही गर्ने पनि मस्यौदामा बताइएको छ।

वामपन्थी अन्य घटकहरूलाई पनि मोर्चामा समाहित गर्ने मस्यौदामा भनिएको छ। संसदको प्रमुख विपक्षी एवम् कम्युनिष्ट कित्ताको ठूलो पार्टी एमालेले भने मोर्चामा समेटिनेबारे तत्काल केही निर्णय गरेको छैन।

प्रकाशित: ४ असार २०८० ७:५० | Monday, June 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast