सन्‌राइज बैंकले गर्‍यो निःशुल्क आँखा शिविर

हिमाल प्रेस २८ जेठ २०८० १८:३० | Sunday, June 11, 2023
सन्‌राइज बैंकले गर्‍यो निःशुल्क आँखा शिविर

काठमाडौँ- सन्‌राइज बैंकले निःशुल्क आंखा शिविर गरेको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकको चन्द्रनिगाहपुर शाखाले वीरगञ्जमा रहेको दृष्टि आँखा अस्पतालसँगको सहकार्यमा निःशुल्क आँखा शिविर गरेको हो।

चन्द्रपुर–९ स्थित डुमरियाको श्रीमाविमा निःशुल्क आँखा शिविर गरिएको बैंकले जानकारी दिएको छ। शिविरबाट २ सय ४० स्थानीय सर्वसाधारणले ओपीडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श र सल्लाह तथा अन्य जाचँ सेवा लिएका थिए।

शुक्रबार उक्त कार्यक्रमको उद्घाटन बैंकका मधेस प्रदेश प्रमुख दीपक पण्डितलगायतले गरेका थिए।

प्रकाशित: २८ जेठ २०८० १८:३० | Sunday, June 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast