 
                             
                                            काठमाडौँ- सन्राइज बैंकले निःशुल्क स्वास्थय शिविर गरेको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकको रुपन्देहीस्थित योगिकुटी शाखाले बुटवलको तिलोत्तम्मा आँखा अस्पतालसँगको सहकार्यमा निःशुल्क आँखा शिविर गरेको हो।
शिविरबाट विद्यार्थी, शिक्षक तथा अभिभावक गरी २ सय ५० जनाले ओपीडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श, सल्लाहलगायत सेवा लिएका थिए। त्यस्तै बैंकको दुहबी शाखाले विराट मेडिकल कलेजसँगको सहकार्यमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो।
कार्यक्रममा निःशुल्क आँखा जाँच, दाँत जाँच, सामान्य स्वास्थ्य जाँच, क्यान्सर सचेतना कार्यक्रम तथा रक्तदानलगायत स्वास्थ्य सुविधा प्रदान गरिएको थियो। कार्यक्रममा १ सय ५१ जना सहभागी थिए।
                            प्रकाशित: ३१ जेठ  २०८० १४:५२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 