सन्‌राइज क्यापिटल र समाज डेन्टल हस्पिटलबीच सहकार्य

हिमाल प्रेस १५ असार २०८० १६:५४ | Friday, June 30, 2023
सन्‌राइज क्यापिटल र समाज डेन्टल हस्पिटलबीच सहकार्य

काठमाडौँ- सन्‌राइज क्यापिटल लिमिटेड र नयाँ बानेश्वरमा रहेको समाज डेण्टल हस्पिटलबीच सहकार्य भएको छ।

दुई कम्पनीबीच भएको सहकार्यअनुसार एक अर्काले आफ्ना ग्राहक तथा कर्मचारीलाई विशेष सहुलियत प्रदान गर्नेछन्। सम्झौतापत्रमा सन्‌राइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र समाज डेण्टल हस्पिटलका प्रबन्ध निर्देशक शंखु घिमिरेले हस्ताक्षर गरेका छन्।

यस सम्झौताअनुसार समाज डेन्टलका ग्राहक र कर्मचारीलाई सन्‌राइज क्यापिटलले निःशुल्क डिम्याट खाता खोल्ने सुविधा, एक आर्थिक वर्षको सेवा शुल्क छुट तथा पोर्टफोलियो सेवाको इन्ट्री लोड शुल्कमा ५० प्रतिशत र पफर्मेन्स शुल्कमा २० प्रतिशत छुट दिनेछ।

त्यसका साथै समाज डेण्टल हस्पिटलले सन्‌राइज क्यापिटलका ग्राहकलाई निःशुल्क विशेषज्ञ परामर्श सेवा, दाँत तथा मुखको परीक्षणमा १५ प्रतिशत छुट दिनेछ।

प्रकाशित: १५ असार २०८० १६:५४ | Friday, June 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast