‘सकम्बरी’बाट चर्चामा आएकी कुसुम अब फिल्ममा

हिमाल प्रेस ६ असार २०८० १९:१० | Wednesday, June 21, 2023
‘सकम्बरी’बाट चर्चामा आएकी कुसुम अब फिल्ममा

काठमाडौँ- दिनेश श्रेष्ठ निर्देशित ‘संजीवनी’ फिल्म बन्ने भएको छ। निर्माण टिमले सामाजिक सञ्जालमार्फत फिल्मको नामसहितकाे पोस्टर सार्वजनिक गरेका छन्। पोस्टरमा अभिनेता आर्यन सिग्देल र मोडल कुसुम शर्मालाई देख्न सकिन्छ।

कुसुम प्रकाश सपुतको गीत ‘सकम्बरी’बाट चर्चामा आएकी हुन्। उनले ‘संजीवनी’बाट फिल्ममा डेब्यू गर्दैछिन्। उनी फिल्ममा आर्यनको प्रेमिका बनेकी छन्।

‘सकम्बरी’बाट चर्चामा आएकी कुसुमले ‘इट्टा भट्टीको’, ‘जानी मायाले’ र ‘माया गरिदेउ’ गीतमा अभिनय गरेकी छन्।

प्रेम कथामा आधारित फिल्ममा आर्यन र कुसुमबाहेक श्रद्धा श्रेत्री, अर्जुन श्रेष्ठ, अन्सुया श्रेष्ठलगायतको अभिनय रहने निर्माण टिमले जनाएको छ। टिमका अनुसार फिल्म आगामी भदौबाट छायांकन सुरु गरिनेछ।

आशिर सुवेदीको प्रस्तुतिमा बन्ने फिल्म सिल्भर लेक पिक्चर प्रालिको ब्यानरमा बन्दैछ।

प्रकाशित: ६ असार २०८० १९:१० | Wednesday, June 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast