संसद बैठकमा आज तीन मन्त्रालयको बजेटमाथि छलफल हुँदै

हिमाल प्रेस १ असार २०८० १०:२० | Friday, June 16, 2023
संसद बैठकमा आज तीन मन्त्रालयको बजेटमाथि छलफल हुँदै फाइल तस्बिर।

काठमाडौँ– प्रतिनिधिसभा बैठक शुक्रबार (आज) बिहान ११ बजेदेखि बस्दैछ। नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा बस्ने बैठकमा आर्थिक वर्ष ०८०/८१ का लागि सरकारले ल्याएको बजेटमाथि मन्त्रालयगत छलफल हुने संसद सचिवालयले जनाएको छ।

आजको बैठकमा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथि विनियोजित बजेटमा छलफल हुनेछ।

यी मन्त्रालयमाथि विभिन्न सांसदले खर्च कटौतीको प्रस्तावसमेत पेस गर्नेछन्। बिहीबारको बैठकमा वन तथा वातावरण मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेटमाथि छलफल भएको छ।

प्रकाशित: १ असार २०८० १०:२० | Friday, June 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast