काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथिको विश्वास घटेको बताएका छन्। बुधबार प्रतिनिधिसभामा मतदानमार्फत् बजेट पारित भएलगत्तै उनले पत्रकारहरूसँग कुरा गर्दै संसद्मा प्रधानमन्त्रीमाथिको विश्वास घटेको बताएका हुन्।
‘गठबन्धनसँग बहुमत थियो, बजेट पारित हुनु स्वाभाविक हो,’ उनले भने, ‘हामीले आफ्नो मत देखायौँ। ९९.९९ प्रतिशतबाट ५३ प्रतिशतमा झर्यो प्रधानमन्त्रीमाथिको विश्वास भन्ने त्यहाँ देखियो। अरू त्यसमा केही भनिरहनु परेन।’
अध्यक्ष ओलीले सत्तारुढ दलहरूसँग बहुमत भएकाले बजेट पारित हुनुलाई आफूहरूले स्वाभाविकै रूपमा लिएको बताए।
प्रकाशित: १३ असार २०८० १८:५८ | Wednesday, June 28, 2023
प्रतिक्रिया



