 
                             
                                            काठमाडौँ– प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले नेपाललाई मुर्रा राँगो दिने विषय सात वर्षअघि नै सहमति भएको स्पष्ट पारेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित दलका सांसदहरूले उठाएको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।
‘भारतले नेपाललाई मुर्रा राँगो दिने सात वर्षअघि नै सहमति भएको रहेछ। तर म भारत भ्रमण गएका बेला यतिबेला कुरा उठ्यो,’ प्रचण्डले भने, ‘अहिले मलाई राँगोमा चढाएको फोटो देखाइरहिएको छ। राँगो ल्याउने सहमति अहिले गरिएको छैन।’
भारतले नेपाललाई राँगा/भैंसीको नश्ल सुधारका लागि १५ वटा मुर्रा राँगा दिएको विषय यतिबेला चर्चामा छ।
                            प्रकाशित: २२ जेठ  २०८० १२:४८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 