‘संघीयता खारेज गरौँ, मन्त्रीको संख्या र तलबभत्ता खाने जनप्रतिनिधिको संख्या घटाऔं’

हिमाल प्रेस ६ असार २०८० १६:४६ | Wednesday, June 21, 2023
‘संघीयता खारेज गरौँ, मन्त्रीको संख्या र तलबभत्ता खाने जनप्रतिनिधिको संख्या घटाऔं’ राप्रपा नेपालका अध्यक्ष कमल थापा। तस्बिर : रासस

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीयता खारेज गरेर देशलाई परेको आर्थिक भार कम गर्नुपर्ने बताएका छन्। थापाले सामाजिक सञ्जालमार्फत आर्थिक नेपाली सेनाको संख्या घटाउने काम नगरी संघीयता खारेज गर्नुपर्ने बताएका हुन्।

उनले सेनाको संख्या घटाउनुपर्छ भन्नेहरूले नेपालको भूराजनीति नबुझेको आरोप पनि लगाएका छन्।

‘सेनाको संख्या घटाउनुपर्छ भन्नेहरुले नेपालको भूराजनीति एवं आन्तरिक/बाह्य सुरक्षा संवेदनशीलता बुझेका छैनन्,’ उनले भनेका छन्, ‘घटाउनुपर्ने त वेतनभोगी जनप्रतिनिधिहरूको संख्या हो। नेपाल जस्तो देशलाई किन चाहिन्छ करिब १०० मन्त्री, ५०० सासंद, हजारौँको संख्यामा तलबभत्ता खाने जनप्रतिनिधिहरू? संघीयता खारेज गरौँ।’

प्रकाशित: ६ असार २०८० १६:४६ | Wednesday, June 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast