काठमाडौँ– निजी शैक्षिक संस्थाको साझा सञ्जालले काठमाडौँ महानगरपालिकाले गैरन्यायिक हस्तक्षेप गरी शैक्षिक मेला रोकेको भन्दै आपत्ति जनाएको छ। आइतबार सञ्जालमा आबद्ध विभिन्न ९ संघसंस्थाले सामूहिक विज्ञप्ति जारी गर्दै महानगरको ज्यादतीपूर्ण हस्तक्षेपको निन्दा र भर्त्सना गरेका हुन्।
‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ आयोजित ‘आठौं कान्तिपुर हिसान एडुफेयर’ सञ्चालनमा काठमाडौँ महानगरपालिकाले जेठ ३१ गते रोक लगाएको थियो। मेला उद्घाटन हुनेबित्तिकै महानगर प्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वमा खटिएको टोलीले स्टलहरू बन्द गराएर भृकुटीमण्डपस्थित मेलास्थलमा ताला लगाएपछि विवाद बढेको हो।

प्रकाशित: ३ असार २०८० १५:५० | Sunday, June 18, 2023
प्रतिक्रिया



