शीतला माविमा प्रतियोगितात्मक कविता गोष्ठी सम्पन्न

हिमाल प्रेस ८ असार २०८० १०:०८ | Friday, June 23, 2023
2
SHARE
शीतला माविमा प्रतियोगितात्मक कविता गोष्ठी सम्पन्न

काठमाडौँ- इच्छुक सांस्कृतिक प्रतिष्ठान र शीतला माध्यमिक विद्यालयको संयुक्त आयोजनामा शीतला माध्यमिक विद्यालय, बालाजुहाइटमा प्रतियोगितात्मक कविता गोष्ठी सम्पन्न भएको छ।

कार्यक्रममा सहभागी विद्यार्थीमध्ये संगीता बोहोरा, शसान्त दाहाल, रश्मी राई तथा पुष्पा लामाले क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गरेका थिए। विजेता विद्यार्थीलाई नगद पुरस्कार र प्रमाणपत्र वितरण गरिएको छ। प्रतियोगितामा कक्षा ८ देखि १० सम्मका २६ जना प्रतियोगी विद्यार्थीले भाग लिएका थिए। कार्यक्रममा साहित्यकारहरू मित्रलाल पज्ञानी, जगदीशचन्द्र भण्डारी तथा गौरी देवकोटाले पनि आआफ्ना कविता वाचन गरेका थिए।

कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै विद्यालयका सहायक प्रधानाध्यापक ईश्वरी अधिकारीले यस्ता कार्यक्रमले विद्यार्थीको रचनात्मक क्षमता विकास गर्न सहयोग गर्ने बताएकी थिइन्।

कार्यक्रमको अध्यक्षता गरेका इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष वरिष्ठ मार्क्सवादी समालोचक प्राडा ताराकान्त पाण्डेले कृष्ण सेन ‘इच्छुक’ एक प्रगतिवादी, क्रान्तिकारी सर्जक रहेको भन्दै उनको साहित्यिक र सांस्कृतिक योगदानको चर्चा गरेका थिए।

कार्यक्रम गौरी देवकोटाले सञ्चालन गरेकी थिइन् भने जगदीशचन्द्र भण्डारी, छायादत्त न्यौपाने र शिक्षक लेखनाथ निरौलाले निर्णायकको भूमिकामा थिए। कार्यक्रममा विद्यालयका शिक्षक कर्मचारी तथा विद्यार्थीको उल्लेख्य उपस्थिति थियो।

प्रकाशित: ८ असार २०८० १०:०८ | Friday, June 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast