 फाइल तस्बिर
                             फाइल तस्बिर 
                                            काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐनसम्बन्धी विधेयक छिट्टै संसद्मा पेस गर्ने बताएका छन्। गत असार ४ गते मन्त्रिपरिषद्मा पेस गरिएको विधेयक त्यहाँबाट स्वीकृत हुन बित्तिकै संसद्मा पेस गर्ने उनले बताए।
मंगलबार प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री राईले शिक्षा ऐनसम्बन्धी विधेयकको मस्यौदामा विद्यालय सुधारका लागि आवश्यक व्यवस्था गरिएको पनि बताए।
शिक्षा ऐनले दरबन्दी व्यवस्थापन, पाठ्यक्रम व्यवस्थालगायतका विद्यालय सुधारका धेरै काम पूरा गर्ने बताए।
मन्त्री राईले विद्यालय शिक्षा क्षेत्रका सुधारका लागि दातृ निकायहरूले पर्याप्त सहयोग गर्ने प्रतिबद्धता जनाएको सदनलाई जानकारी गराए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 