शिक्षामन्त्रीले भने : संघीय शिक्षा ऐनसम्बन्धी विधेयक संसद्‌मा छिट्टै पेस हुन्छ

हिमाल प्रेस १२ असार २०८० १७:०७ | Tuesday, June 27, 2023
शिक्षामन्त्रीले भने : संघीय शिक्षा ऐनसम्बन्धी विधेयक संसद्‌मा छिट्टै पेस हुन्छ फाइल तस्बिर

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐनसम्बन्धी विधेयक छिट्टै संसद्‌मा पेस गर्ने बताएका छन्। गत असार ४ गते मन्त्रिपरिषद्मा पेस गरिएको विधेयक त्यहाँबाट स्वीकृत हुन बित्तिकै संसद्मा पेस गर्ने उनले बताए।

मंगलबार प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री राईले शिक्षा ऐनसम्बन्धी विधेयकको मस्यौदामा विद्यालय सुधारका लागि आवश्यक व्यवस्था गरिएको पनि बताए।

शिक्षा ऐनले दरबन्दी व्यवस्थापन, पाठ्यक्रम व्यवस्थालगायतका विद्यालय सुधारका धेरै काम पूरा गर्ने बताए।

मन्त्री राईले विद्यालय शिक्षा क्षेत्रका सुधारका लागि दातृ निकायहरूले पर्याप्त सहयोग गर्ने प्रतिबद्धता जनाएको सदनलाई जानकारी गराए।

 

प्रकाशित: १२ असार २०८० १७:०७ | Tuesday, June 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast