 
                             
                                            काठमाडौँ- स्मार्ट फाेन कम्पनी शाओमीले ‘एक्सचेन्ज अफर’ ल्याएको छ। ग्राहकलाई कुनै पनि ब्रान्डको स्मार्ट फोनसँग नयाँ शाओमी, रेडमी वा पोको फोन साट्ने सुविधा उपलब्ध गराउने उद्देश्यले अफर ल्याइएको कम्पनीले जानकारी दिएको छ।
अफरमा स्मार्ट फोन साट्नुका साथै अपग्रेड पनि गर्न सक्ने कम्पनीको भनाइ छ। साथै ग्राहकले ‘रेडमी–१२ फाइभ जी’ खरिद गरेमा १ हजार रुपैयाँ छुट पनि पाउने कम्पनीको भनाइ छ।
एक्सचेन्ज अफरबारे शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पाण्डाले एक्सचेन्ज अफर ग्राहकका लागि किफायती हुने बताए। ग्राहकले ‘नयाँ पुरानो एक्सचेन्ज’ मोबाइल एपबाट आफ्नो हालको फोनको अवस्था जाँच गरी तत्कालै मूल्यांकन गर्न सक्ने पनि कम्पनीले जानकारी दिएको छ।
‘सीमित समयको अफरले ग्राहकलाई शाओमीको नवीनतम प्रविधिलाई अँगाल्ने सुनौलो अवसर मात्र नभई खरिदमा पर्याप्त बचत पनि सुनिश्चित गर्दछ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 