 
                             
                                            काठमाडौँ– वीरअस्पतालको जनरल वार्डको ७०० शय्या बिरामीलाई निशुल्क उपलब्ध हुने भएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को कार्यकारी परिषद् बैठकले आज शुक्रबारदेखि नै लागू हुने गरी यस्तो निर्णय गरेको हो।
७०० बेड निःशुल्क गर्दा हुने वार्षिक पाँच करोड रुपैयाँ खर्च सरकार र अस्पतालको आन्तरिक स्रोतबाट व्यहोरिने छ।
यसअघि, बिरामीले प्रतिबेड २०० रुपैयाँ तिर्दै आएका थिए। न्याम्सका उपकुलपति भूपेन्द्र बस्नेतका अनुसार अस्पतालको क्याबिन र आईसीयू बेडमा उपचार गर्ने बिरामीले शूल्क तिर्नुपर्नेछ।
बस्नेतले अस्पतालको व्यवस्थापन पक्ष सुधारका लागि पनि न्याम्सले सबैपक्षसँग सहकार्य गर्ने बताए।
                            प्रकाशित: ८ असार  २०८० १५:५९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 