विशिष्ट योगदान दिएका व्यक्तित्वको नाममा हुलाक टिकट प्रकाशन

हिमाल प्रेस ५ असार २०८० १८:२१ | Tuesday, June 20, 2023
विशिष्ट योगदान दिएका व्यक्तित्वको नाममा हुलाक टिकट प्रकाशन

काठमाडौँ- आफ्नो जीवनकालमा विशिष्ट योगदान दिएका सामाजिक तथा साहित्यिक व्यक्तित्वको नाममा सरकारले हुलाक टिकट प्रकाशन गरेको छ। हुलाक सेवा विभागले अधिकारकर्मी पद्मरत्न तुलाधर, साहित्यकार पूर्णप्रकाश नेपाल ‘यात्री’, पर्वतारोही आङ्रिता शेर्पा, कवि माधवप्रसाद देवकोटा र गायिका कोइली देवीको नाममा टिकट प्रकाशन गरेको हो।

उनीहरूको मुखाकृत अङ्कित १० रुपैयाँका दरको टिकट प्रकाशनमा ल्याइएको फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयले जनाएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित कार्यक्रममा सञ्चारमन्त्री रेखा शर्माले प्रकाशित हुलाक टिकटमा प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरिन्। प्रकाशित टिकटको आजदेखि बिक्री खुला गरिएको छ। दुई लाख थान टिकट प्रकाशित गरिएको कार्यालयले जनाएको छ।

सो क्रममा मन्त्री शर्माले हुलाक टिकट प्रकाशन गरिएका पाँचै जनाको नेपाली समाजमा विशिष्ट योगदान रहेको बताइन्। उनले सामाजिक तथा साहित्यिक व्यक्तित्वका रूपमा आफ्नो जीवनलाई समाजसेवामा समर्पित गरेकोले उनीहरूलाई सरकारले सम्मान गरेको बताए।

सरकारले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिक, साहित्यिक तथा साङ्गीतिक क्षेत्रको विकासमा योगदान पुर्याउने विशिष्ट व्यक्तित्वको नाममा हुलाक टिकट प्रकाशन गर्दै आएको छ। कार्यक्रममा मन्त्रालयका सचिव तथा टिकट प्रकाशित भएका व्यक्तित्वको परिवारजनको उपस्थिति थियो। रासस

प्रकाशित: ५ असार २०८० १८:२१ | Tuesday, June 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast