विभिन्न संस्थालाई लुम्बिनी विकास बैंकको सहयोग

हिमाल प्रेस ३१ जेठ २०८० १८:२० | Wednesday, June 14, 2023
विभिन्न संस्थालाई लुम्बिनी विकास बैंकको सहयोग

काठमाडौँ- लुम्बिनी विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संस्थालाई सहयोग गरेको छ। बैंकले हेल्प नेपाल नेटवर्कलाई आर्थिक सहयोगस्वरूप १ लाख रुपैयाँ उपलब्ध गराएको हो।

हेल्प नेपाल नेटवर्कले मुगुको मुर्मामा रहेको हेल्प नेपाल हेल्थ पोस्ट निमार्ण गरी छिमेकी गाउँहरूमा स्वास्थ्य सेवा दिँदै आएको छ। बैंक अधिकारीले उक्त संस्थालाई विगतका वर्षहरूमाजस्तै यस वर्ष पनि सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताएका छन्।

बैंकले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३, शिखर आम्बोटोमा रहेको श्रीदेवी माध्यमिक विद्यालयलाई पनि सहयोगस्वरूप १ थान कम्प्युटर र १ थान प्रिन्टर हस्तान्तरण गरेको छ।

उक्त विद्यालयमा बाल कक्षादेखि कक्षा १० सम्मको अध्ययन अध्यापन भइरहेकाले उक्त सुचनाप्रविधिको सामग्री सहयोग गरिएको बैंकले बताएको छ। उक्त सामग्रीबाट विद्यालयमा अध्यनरत करिब ८ सय विद्यार्थी लाभान्वित हुने अपेक्षा गरिएको छ।

त्यस्तै बैंकले पाल्पाको रम्भा गाउँपालिका–४, हुमिन, बागचौरमा रहेको अमर आधारभूत विद्यालयलाई पनि अतिरिक्त क्रियाकलाप तथा बिहानी प्रार्थना सञ्चालका लागि १ थान साउण्ड सिस्टम हस्तान्तरण गरेको छ।

प्रकाशित: ३१ जेठ २०८० १८:२० | Wednesday, June 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast