विपद् जोखिम व्यवस्थापनबारे जानकारी गराउन मनीष झाको माग

हिमाल प्रेस ४ असार २०८० १२:१४ | Monday, June 19, 2023
विपद् जोखिम व्यवस्थापनबारे जानकारी गराउन मनीष झाको माग फाइल तस्बिर

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले विपद् जोखिम व्यवस्थापनबारे संसद्लाई जानकारी गराउन सरकारसँग माग गरेका छन्। वर्षाका कारण पूर्वी पहाडी जिल्लामा विपद्‌मा परी उपचार नपाएर नागरिकको ज्यानसमेत गइरहेका बेला गृहमन्त्री नारायणकाजी श्रेष्ठ भने समाजवादी मोर्चा निर्माणमा लागेको भन्दै झाले आपत्ति जनाए।

प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै उनले वर्षाका कारण पूर्वी पहाडी जिल्लामा ठूलो धनजनको क्षति हुँदा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका मन्त्रीहरू संसद्मा बेखबर रहेको भन्दै आक्रोशसमेत व्यक्त गरे।

सांसद झाले बाढीपहिरोका कारण नागरिकमा मरिन्छ कि भन्ने डर बढ्दै गइरहेको तर सरकारले बेवास्ता गरिरहेको आरोपसमेत लगाए। ‘मृत्युभन्दा नि ठूलो डर मरिन्छ कि भन्ने हो। त्यो पीडाले सधैँ मारिरहेको हुन्छ। अहिले पहाडको केही जिल्लालाई त्यही त्रासले मारिरहेको छ।’

प्रकाशित: ४ असार २०८० १२:१४ | Monday, June 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast