विपद् कोषमा सरकारको ६ अर्ब रुपैयाँ मौज्दात

हिमाल प्रेस १ असार २०८० १०:०२ | Friday, June 16, 2023
विपद् कोषमा सरकारको ६ अर्ब रुपैयाँ मौज्दात

काठमाडौँ– नेपाल सरकारको विपद् व्यवस्थापन कोषमा ६ अर्ब रुपैयाँ रहेको छ। उक्त कोषको रकम विपद्जन्य घटनाको उद्धार, अस्थायी बसोबास, खाद्यान्न, आर्थिक सहायतलगायतमा खर्च हुन्छ।

तोकिएका बाहेकको क्षेत्रमा यसको रकम खर्च गर्न नपाइने कानुनी व्यवस्था छ। कोषमा रहेको ६ अर्ब ३ करोड १२ लाख ९५ हजार रुपैयाँमध्ये सबैभन्दा बढी प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा ३ अर्ब १० करोड ६७ लाख १७ हजार रुपैयाँ मौज्दात रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए।

यस्तै विपद् व्यवस्थापन कोषमा १ अर्ब ८१ करोड ८९ लाख ९० हजार रुपैयाँ छ। प्रदेश विपद् व्यवस्थापन कोषमा ५१ करोड ३३ लाख तथा जिल्ला विपद् व्यवस्थापन कोषमा ५९ करोड २२ लाख ८८ हजार रुपैयाँ रकम रहेको जनाइएको छ। यसपालिको मनसुनमा १२ लाख ५० हजार नागरिक प्रभावित हुने अनुमान गरिएकाले सोहीअनुसार विपद् प्रतिकार्य योजना बनाई लागु गरिएको छ।

प्रकाशित: १ असार २०८० १०:०२ | Friday, June 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast