विनियोजन विधेयकमा पक्षमा मतदान गर्न माओवादीको ह्विप

हिमाल प्रेस १२ असार २०८० १५:५४ | Tuesday, June 27, 2023
विनियोजन विधेयकमा पक्षमा मतदान गर्न माओवादीको ह्विप

काठमाडौँ– सत्तारूढ नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको बुधबारको बैठकमा अनिवार्य उपस्थित भई विनियोजन विधेयकका पक्षमा मतदान गर्न सांसदहरूलाई ह्विप जारी गरेको छ।

पार्टी संसदीय दलका मुख्य सचेतक हितराज पाण्डेले दलको विधानको व्यवस्थाअनुसार ह्विप जारी गरिएको जानकारी गराएका छन्।

उनले भनेका छन्, ‘असार १३ गतेको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन र नेपाल सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकका पक्षमा मतदान गर्नका लागि हाम्रो दलको विधानको व्यवस्था र दल नेता एवम् सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशनअनुसार यो ह्विप जारी गरिएको छ।’

विनियोजन विधेयक बुधबार प्रतिनिधिसभा बैठकमा निर्णयार्थ प्रस्तुत हुने कार्यसूची छ। नेपाली कांग्रेसले पनि बैठकमा अनिवार्य उपस्थित भएर विनियोजन विधेयकका पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।

प्रकाशित: १२ असार २०८० १५:५४ | Tuesday, June 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast