विद्रोह रोक्न रुसी सेनाले वाग्नर लडाकुको सुरक्षा ग्यारेन्टी गर्ने

हिमाल प्रेस ९ असार २०८० १५:२६ | Saturday, June 24, 2023
विद्रोह रोक्न रुसी सेनाले वाग्नर लडाकुको सुरक्षा ग्यारेन्टी गर्ने फाइल तस्बिर।

मस्को- रुसी सेनाले मस्कोको सैन्य नेतृत्व विरुद्ध विद्रोह रोक्न वाग्नर (भाडाका) सैनिकहरूको सुरक्षाको ग्यारेन्टी गर्ने बताएको छ। ‘हामी पीएमसी वाग्नरको आक्रमण टोलीका लडाकुहरूलाई अपील गर्दैछौँ। तपाइलाई (वाग्नर प्रमुखको येभगेनी) प्रिगोजिनको आपराधिक उद्यम र सशस्त्र विद्रोहमा भाग लिएकोमा धोका दिइयो,’ सेनाले विज्ञप्तिमा उल्लेख गरेको छ।

सेनाले लडाकुहरूलाई स्थायी तैनाथीका ठाउँहरूमा फर्कन मद्दत माग्न पनि आह्वान गरेको छ। ‘हामी तपाइलाई कारण देखाउन र रुसको रक्षा मन्त्रालयका प्रतिनिधिहरूसँग सम्पर्कमा रहन आग्रह गर्दछौँ,’ विज्ञप्तिमा थप भनिएको छ, ‘हामी सबैको लागि सुरक्षाको ग्यारेन्टी गर्छौँ।’ रासस/एएफपी

प्रकाशित: ९ असार २०८० १५:२६ | Saturday, June 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast