विद्यालय कर्मचारीको आन्दोलनमा प्रहरी हस्तक्षेप, पाँच कर्मचारी पक्राउ

हिमाल प्रेस ३२ जेठ २०८० १५:२२ | Thursday, June 15, 2023
विद्यालय कर्मचारीको आन्दोलनमा प्रहरी हस्तक्षेप, पाँच कर्मचारी पक्राउ

काठमाडौँ- विभिन्न माग राख्दै काठमाडौँकेन्द्रित आन्दोलन गरिरहेका सामुदायिक विद्यालय कर्मचारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ। विद्यालय कर्मचारीहरूले बिहीबार काठमाडौँ गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो।

नेपाल विद्यार्थी कर्मचारी परिषद्को अगुवाइमा भइरहेको रिले अनसन जारी छ। आन्दोलनका क्रममा बिहीबार प्रदर्शनकारीले भद्रकालीमा रिले अनसन बसेर माइतीघर मण्डला फर्किँदै गर्दा बीच सडकमा बसेर प्रदर्शन गर्न खोज्दा प्रहरीले उनीहरूमाथि हस्तक्षेप गरेको हो। पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका पाँच विद्यालय कर्मचारीलाई सिंहदरबार वृत्तमा राखिएको छ।

विद्यालयका कर्मचारीहरूले शिक्षा क्षेत्रको समस्या समाधानका लागि संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, न्यूनतम पारिश्रमिकका साथै शिक्षकहरूको सेवा सुविधा बढाउनुपर्ने माग राखेका छन्।

नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले लामो समय काम गरे पनि सरकारले शिक्षकलगायत विद्यालयका कर्मचारीको भविष्यका लागि कुनै चासो नदिएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको बताएका छन्। उनीहरूले आफूहरूको मागबारे सरकारले उचित सम्बोधन नगरेसम्म आन्दोलन नरोकिने बताए।

उनीहरूले असार १ गतेसम्म रिले अनशनमा बस्ने र माग पूरा नभए असार २ गतेदेखि सम्पूर्ण सामुदायिक विद्यालयहरू बन्द गर्ने चेतावनी दिएका छन्।

विद्यालय कर्मचारीको सेवासुविधा बढाउने प्रधानमन्त्रीको आश्वासन

प्रकाशित: ३२ जेठ २०८० १५:२२ | Thursday, June 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast