विद्यार्थी रुन कराउन थालेपछि बैतडीको शारदा माविमा पढाइ प्रभावित

हिमाल प्रेस १ असार २०८० १२:१४ | Friday, June 16, 2023
विद्यार्थी रुन कराउन थालेपछि बैतडीको शारदा माविमा पढाइ प्रभावित

बैतडी– बैतडीको दुर्गम सिगास गाउँपालिका-५ स्थित शारदा मावि ढुङ्गाडका विद्यार्थी बेहोस हुन थालेपछि पढाइ प्रभावित भएको छ।

२ हप्तादेखि विद्यार्थी बेहोस हुने समस्या देखा परेको विद्यालयका प्रधानाध्यापक मीन चन्दले बताए। विद्यार्थी रुने, कराउने, बेहोस हुने, काँप्ने, ढल्नेलगायत समस्या देखिएपछि पढाइ प्रभावित भएको छ।

‘विद्यार्थीमा रुने, कराउने र बेहोस हुने लक्षण देखापरेको छ, बढीजसो छात्रामा यो समस्या छ। विद्यालय समयमा यस्तो समस्या देखिएपछि पढाइ प्रभावित भएको छ,’ उनले भने।

५ वर्ष पहिला पनि सो विद्यालयका विद्यार्थीमा यस्तो समस्या देखिएको थियो। बिहानको समयमा लाइन लागेका बेला र कक्षा कोठामा छात्रा बेहोस भएर ढल्ने गरेका छन्। समस्याबारे सिगास गाउँपालिकालाई जानकारी गराइएको उनले बताए।

स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश भट्टले विद्यार्थी रुने, कराउने, काँप्ने, बेहोस हुनेलगायत समस्या मास हिस्टेरियाका कारण हुने गरेको बताए। ‘सुरुमा कुनै १ विद्यार्थीमा मास हिस्टेरिया भएको र त्यसपछि अरूमा पनि देखिएको हुनसक्छ। सुरुमा देखिएको विद्यार्थी पत्ता लगाएर उपचार गर्नसके समस्या समाधान हुन्छ,’ उनले भने।

विद्यार्थीमा यस्तो समस्या देखिए केही दिनका लागि विद्यालय बन्द गर्न जिल्ला अस्पतालका प्रमुख डाक्टर दिपेश श्रेष्ठले सुझाव दिए। ‘सुरुमा १ विद्यार्थीमा यस्तो समस्या देखिने र विस्तारै अरूमा पनि लक्षण देखिन थाल्छ, विद्यालय बन्द गरेर नियन्त्रण गर्न सकिन्छ,’ उनले भने।

प्रकाशित: १ असार २०८० १२:१४ | Friday, June 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast