वितरक कम्पनीले देशभरकै हलबाट उतार्‍यो फिल्म ‘आदिपुरुष’

हिमाल प्रेस ४ असार २०८० १५:२३ | Monday, June 19, 2023
वितरक कम्पनीले देशभरकै हलबाट उतार्‍यो फिल्म ‘आदिपुरुष’

काठमाडौँ- हिन्दी फिल्म ‘आदिपुरुष’ नेपालभरकै हलमा प्रदर्शन रोकिएको छ। नेपाल फिल्म वितरक कम्पनी श्री व्यंकटेश इन्टरटेनमेन्ट प्रा. लि.ले प्रेस विज्ञप्ति जारी गर्दे नेपालभर फिल्म प्रदर्शन रोकिएको जानकारी दिएको हो।

‘आदिपुरुष उपत्यकालगायत देशका विभिन्न स्थानमा प्रदर्शन बन्द भएको विषयमा विभिन्न भ्रामक समाचार प्रकाशित भएकोप्रति गम्भीर ध्यानकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।

उक्त चलचित्र काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा गरेको अभिव्यक्तिको आधारमा उपत्यकाका हल व्यवसायीले शान्ति सुरक्षाको कारण देखाएर प्रदर्शन स्थगित गरेको तथा देशका विभिन्न नगरपालिकाका मेयरले पनि बन्द गर्न आदेश दिएको कारण प्रदर्शन बन्द भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

काठमाडौँ महानगरसहित पोखरा महानगरपालिका र धरान उपमहानगरपालिकामा पनि फिल्म प्रदर्शन नगर्न आग्रह गरिएको छ।

प्रकाशित: ४ असार २०८० १५:२३ | Monday, June 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast