वार्षिकोत्सवका अवसरमा आज रास्वपाले चियापान आयोजना गर्ने

हिमाल प्रेस ७ असार २०८० ७:४८ | Thursday, June 22, 2023
वार्षिकोत्सवका अवसरमा आज रास्वपाले चियापान आयोजना गर्ने रास्वपा केन्द्रीय कार्यालय

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बिहीबार (आज) आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदै छ। वार्षिकोत्सवका अवसरमा रास्वपाले बालाजुस्थित नयाँ पार्टी कार्यालयमा चियापान आयोजना गर्ने भएको छ।

दिउँसो १ बजेदेखि सुरु हुने चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधि, सञ्चारकर्मी, शुभेच्छुकलगायतलाई आमन्त्रण गरेको छ।

पार्टी स्थापनाको १ वर्ष पुगेसँगै रास्वपाले वसुन्धरास्थित पार्टी कार्यालय छोडेर बालाजुमा पार्टी कार्यालय स्थापना गरेको छ।

प्रकाशित: ७ असार २०८० ७:४८ | Thursday, June 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast