‘वानएक्स बेट’को प्रचार गर्ने कलाकार र युट्युबर पक्राउ, हिरासतमा म्याकुरीदेखि भट्भटे माइलासम्म

हिमाल प्रेस ३२ जेठ २०८० १४:११ | Thursday, June 15, 2023
‘वानएक्स बेट’को प्रचार गर्ने कलाकार र युट्युबर पक्राउ, हिरासतमा म्याकुरीदेखि भट्भटे माइलासम्म

काठमाडौँ- ‘वानएक्स बेट’को प्रचारप्रसार गरेको भन्दै प्रहरीले कलाकार र युट्युबरहरूलाई पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा वनस्थली बस्ने गोरखाका हास्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’, भक्तपुर बस्ने धनकुटाका २८ वर्षीय पवन खतिवडा ‘म्याकुरी’, नयाँबजार बस्ने पोखराका राजु पौडेल ‘राजुमास्टर’ छन्।

त्यस्तै ललितपुरको टीकाथली बस्ने उदयपुरका युट्युबर अलिश राई, कीर्तिपुर बस्ने रोल्पा युट्युबर जलन घर्तीमगर, टीकाथली बस्ने मुगुका युट्युबर गणेश देवकोटा ‘जीडी’, भक्तपुर थिमी बस्ने मोरङका सरोज घिमिरे ‘ढेडु बुढो’ र कलंकी बस्ने प्युठानका बेगम नेपाली ‘भटभटे माइला’ पनि पक्राउ परेका छन्।

उनीहरूले प्रोमो बोड प्रयोग गरेर छुट प्राप्त गर्न सकिने भन्दै वानएक्स बेटको आफ्नो युट्युब च्यानलबाट प्रचारप्रसार गरेका थिए। बुधबार पनि प्रहरीले वानएक्स बेटबाट सट्टेबाजी गराएको आरोपमा पाँच जनालाई पक्राउ गरेको थियो।

प्रकाशित: ३२ जेठ २०८० १४:११ | Thursday, June 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast