लोकसेवा आयोगले परीक्षा विधिमा सुधार गर्नुपर्छ : उपराष्ट्रपति

हिमाल प्रेस १ असार २०८० १३:५१ | Friday, June 16, 2023
लोकसेवा आयोगले परीक्षा विधिमा सुधार गर्नुपर्छ : उपराष्ट्रपति

काठमाडौँ– उपराष्ट्रपति रामसहाय यादवले लोकसेवा आयोगले समयानुकुल पाठ्यक्रम तथा परीक्षा विधिमा सुधार गर्न आवश्यक रहेको बताएका छन्। आयोगको ७३ औं वार्षिकोत्सव समारोहलाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

पछिल्लो समय नेपालबाट बौद्धिक जनशक्ति विदेश पलायन भइरहेको भन्दै त्यस्तो जनशक्तिलाई नेपालमा नै सेवा गर्न प्रेरित गर्न लोकसेवा आयोगले भुमिका खेल्नुपर्ने उनको भनाइ छ।

‘लोकसेवा आयोगले सधैं वर्तमान पुस्ताप्रति न्याय र भविष्यका पुस्ताप्रति आसा र भरोसाको केन्द्रका रूपमा आफ्नो कर्तव्य,दायित्व र जिम्मेवारी निर्वाह गर्न सक्नुपर्दछ। कर्मचारी भर्ना र छनोट समग्र प्रशासन संयन्त्रको जग भनेकाले गलत भर्ना नीति र प्रक्रियाले शासन संगठनभित्र स्थायी खराबीहरू प्रवेश गर्नसक्ने भएकाले आयोगले त्यसलाई निरुत्साहित गर्न योग्यताका सबै तत्वहरू पूर्वअनुमियता हुनेगरी परीक्षा विधिहरूमा समयसापेक्ष सुधार गर्न जरुरी छ,’ उनले भने।

प्रकाशित: १ असार २०८० १३:५१ | Friday, June 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast