लिम्बू समुदायको विवाहमा आधारित म्युजिकल फिल्म ‘पाहुना हजुर’

हिमाल प्रेस ११ असार २०८० १८:११ | Monday, June 26, 2023
लिम्बू समुदायको विवाहमा आधारित म्युजिकल फिल्म ‘पाहुना हजुर’

काठमाडौँ- लिम्बू समुदायमा हुने विवाह संस्कारमा आधारित म्युजिकल फिल्म ‘पाहुना हजुर’ सार्वजनिक भएको छ। म्युजिकल फिल्ममा गायक आशिष महर र गायिका सुनिता थेगिमको स्वर छ।

गायक महर र नवीन चौहानको शब्द रहेको गीतमा महरले नै संगीत भरेका छन्। बिहेको समयमा पाहुना जाने सोल्टिीसँगको प्रेमप्रसंगमा आधारित म्युजिकल फिल्मको भिडियोमा अनिल शुब्बा, सनाया लिम्बू, विकास चेम्जोङलगायतको अभिनय छ।

म्युजिकल फिल्म नवीन चौहानको निर्देशन, योगेश दाहालको छायांकन र कृष्ण भण्डारीको सम्पादनमा बनेको छ। यो गतवर्ष मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘चोरको स्वर’मा आधारित भएर बनाइएको निर्माण टिमले जनाएको छ।

गीतलाई युट्युबमा निकैले रूचाएका छन्। तीनदिनअघि सार्वजनिक गरिएको म्युजिकल फिल्मलाई सोमबारसम्म १ लाख ४५ हजारभन्दा बढिले हेरिसकेका छन्। गीत नेपाली म्युजिको ट्रेन्डिङ २१ मा पनि पर्न सफल भएको छ।

प्रकाशित: ११ असार २०८० १८:११ | Monday, June 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast