लागुऔषध कारोबारीलाई पक्राउ गर्न काठमाडौँ प्रहरीले चलायो गोली

हिमाल प्रेस २८ जेठ २०८० १३:२६ | Sunday, June 11, 2023
लागुऔषध कारोबारीलाई पक्राउ गर्न काठमाडौँ प्रहरीले चलायो गोली सांकेतिक तस्बिर

काठमाडौँ- लागुऔषधक कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ। लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले सिनामंगलस्थित शम्भु मार्गमा लागुऔषध कारोबारी भागेपछि पक्राउ गर्नका लागि गोली चलाएको हो।

गोली लागेर लागुऔषध कारोबारी विकास भगवत घाइते भएका छन्। उनको घुँडामुनि गोली लागेको छ।

नेपाल प्रहरीका एसएसपी गोविन्द थपलियाका अनुसार लागुऔषधको कारोबार भइरहेको ठाउँमा प्रहरी आएको थाहा पाएपछि प्रहरीमाथि कारोबारीहरूले गोली चलाएका थिए। प्रहरीले जवाफी फायर हानेको हो। कारोबारमा संलग्न अन्य केही व्यक्तिहरू भने फरार छन्। घटनाबारे अनुसन्धान जारी रहेको थपलियाको भनाइ छ।

प्रकाशित: २८ जेठ २०८० १३:२६ | Sunday, June 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast