जेनेभा- रुसले युक्रेनमा स्वेच्छाचारी नजरबन्दमा राखिएका ७७ जना सर्वसाधारणलाई मृत्युदण्ड दिएको संयुक्त राष्ट्रसंघले दाबी गरेको छ। संयुक्त राष्ट्रसंघले मंगलबार एक प्रतिवेदन सार्वजनिक गर्दै उक्त दाबी गरेको हो।
युक्रेनमा संयुक्त राष्ट्रसंघ मानवअधिकार अनुगमन मिसनका प्रमुख माटिल्डा बोगनरले जेनेभामा पत्रकार सम्मेलन गर्दै प्रतिवेदन सार्वजनिक गरे। ‘हामीले रुसी संघले मनमानी ढंगले हिरासतमा राखेका ७७ जना सर्वसाधारणलाई मृत्युदण्ड दिएको विषयको सारांश दस्तावेजीकरण गरेका छौँ,’ पत्रकार सम्मेलनमा उनले भने। रासस/एएफपी
प्रकाशित: १२ असार २०८० २१:१७ | Tuesday, June 27, 2023
प्रतिक्रिया



