रुसमा बारुद कारखानामा विस्फोट, ४ जनाको मृत्यु

हिमाल प्रेस ५ असार २०८० २१:३४ | Tuesday, June 20, 2023
रुसमा बारुद कारखानामा विस्फोट, ४ जनाको मृत्यु

मस्को- रुसको एक बारुद कारखानामा मंगलबार भएको विस्फोटनमा परी ४ जनाको मृत्यु भएको छ। अन्य कैयौँ घाइते भएका अधिकारीहरूले बताएका छन्। मस्कोको दक्षिणपूर्वमा रहेको टाम्बोभ क्षेत्रमा रहेको बारुद कारखानाले विज्ञप्ति जारी गर्दै एक ठेकेदारसहितको मृत्यु भएको जानकारी गराएको छ।

समान जोड्ने काम भइरहेका समय विस्फोट भएको विज्ञप्तिमा उल्लेख छ। ‘कारखानामा भएको अप्रत्यासित विस्फोटमा परी कम्तीमा १२ जना घाइते भएका छन्। ४ जनाको मृत्यु भएको छ,’ विज्ञप्तिमा भनिएको छ,’ रुसी सञ्चारमाध्यमबाट सार्वजनिक भएको कारखानाको विज्ञप्तिमा भनिएको छ।

मृत्यु हुनेमा अधिकांश ठेकेदार कम्पनीका कर्मचारी छन्। बारूद कारखानाले विस्फोटको कारणबारे अनुसन्धान गरिरहेको र घटनामा मानवीय संग्लग्नता रहेको हुनसक्ने अनुमान गरिएको छ। ताम्बोभका गभर्नर म्याक्सिम येगोरोभले घटनामा ‘आतंककारी’को संलग्नता हुन सक्ने सम्भावनालाई अस्वीकार गरेका छन्।

ठूला अपराधको छानबिन गर्ने रुसी सरकारी छानबिन समितिले सुरक्षा नियम उल्लंघनको अनुसन्धान सुरु गरेको बताएको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रअरी २०२२ मा युक्रेनमा सेना पठाएपछि मस्को उच्च सतर्कतामा छ। यद्यपि, यो अवधिमा रुसी भूभागभित्र रहेका प्रतिष्ठानहरूमा थुप्रै ड्रोन आक्रमण भएका छन्। युक्रेनमा आक्रमण सुरु भएदेखि नै रुसमा सैन्य कारखानाहरू पनि पूर्ण रूपमा सञ्चालन भइरहेका छन्। रासस/एएफपी

प्रकाशित: ५ असार २०८० २१:३४ | Tuesday, June 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast