रास्वपा प्रवेशपछि अनिल केशरी शाहले भने : नेपालमा परिवर्तन सम्भव छ

हिमाल प्रेस ७ असार २०८० १३:२३ | Thursday, June 22, 2023
रास्वपा प्रवेशपछि अनिल केशरी शाहले भने : नेपालमा परिवर्तन सम्भव छ

काठमाडौँ- पूर्वबैंकर अनिल केशरी शाहले नेतृत्वको सोचमा भएको परिवर्तनले नेपालमा परिवर्तन सम्भव हुने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बार्षिकोत्सव समारोहमा पार्टी प्रवेशपछि औपचारिक रुपमा बोल्दै पूर्व बैंकर शाहले राजनीतिक दलको नेतृत्वबाट नै देशमा विकास र परिवर्तन गर्न सकिने बताएका हुन्।

‘उहाँको सोचमा मेरो सोच पनि मिलेको छ। नेतृत्व विकास गरौँ भन्ने मेरो पनि चाहना हो। म रास्वपाको अंग बन्न चाहान्छु। समाजमा सकारात्मक प्रभावको विकास गर्न लागि परेका छौँ,’ उनले रास्वपा सभापति रवि लामिछानेलाई इंगित गर्दै भने, ‘राजनीतिमा आउँछु भनेको सोचेको थिइन तर नेतृत्व विकास गर्ने चाहना थियो। अब सम्भव छ। नेतृत्वको सोचले नै परिवर्तन सम्भव भएका छन्। नेपालमा गणतन्त्र आउछ भन्दा मान्छे हासेका थिए तर आयो। विदेश जानु पर्दैन नेपालमा परिवर्तन सम्भव छ। रास्वपाले केही गर्न सक्छ भनेर नै जोडिएको हुँ।’

उनले रास्वपा प्रवेश गर्ने विषयमा सबैले गर्न के गर्न सक्छौ र? भन्ने प्रश्न गर्ने गरेको र आफूले हामीले परिवर्तन गर्न सक्छौँ भन्ने जवाफ दिने गरेको बताए।

‘हामी एउटा टिम बनाउँदै अघि बढ्छौँ भन्ने सभापतिको सोचमा मेरो पनि सोच मिलेको छ। यो पार्टीलाई बालक देखि वृद्धसम्म सबैको पार्टी बनाउने हो,’ उनले भने, ‘म किन आएँ त। मेरो सीप प्रयोग गर्न म यहाँ आएको हुँ। केही राम्रो गरेँ भने म यहाँ आएको सार्थक हुनेछ।’

शाहले रास्वपा प्रवेश गर्नुअघि नविल बैंकको सीईओबाट पदमुक्त भएयता लिड नेपाल नामक संस्थाबाट देशभर नेतृत्व विकास अभियान सञ्चालन गर्दै आएका थिए।

प्रकाशित: ७ असार २०८० १३:२३ | Thursday, June 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast