राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज

हिमाल प्रेस १३ असार २०८० १७:१० | Wednesday, June 28, 2023
राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज फाइल तस्बिर

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्। मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रपति पौडेल बुधबार दिउँसो डिस्चार्ज भएका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले गत असार २ गते स्वास्थ्य उपचारको क्रममा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईकाअनुसार विभिन्न परीक्षण, चिकित्सकहरूको निगरानी तथा उपचारपछि आज दिउँसो डिस्चार्ज भई पौडेल राष्ट्रपति निवास फर्किएका छन्।

चिकित्सकहरूका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य छ। राष्ट्रपति पौडेलले स्वास्थ्य उपचारका लागि गठित विशेषज्ञ समूहमा संलग्न चिकित्सकहरू, परामर्श समूहमा संलग्न विभिन्न अस्पतालका चिकित्सकहरू, स्वास्थ्यकर्मी, कर्मचारी तथा सुरक्षाकर्मीलगायत सबैलाई धन्यवाद प्रकट गरेका छन्।

प्रकाशित: १३ असार २०८० १७:१० | Wednesday, June 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast