राष्ट्रपति पौडेल स्वास्थ्य अवस्था : मुटुको शल्यक्रिया गरियो, पेसमेकर राखियो

हिमाल प्रेस ५ असार २०८० १४:५३ | Tuesday, June 20, 2023
राष्ट्रपति पौडेल स्वास्थ्य अवस्था : मुटुको शल्यक्रिया गरियो, पेसमेकर राखियो राष्ट्रपति रामचन्द्र पौडेल।

काठमाडौँ-  राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ। पौडेलको मंगलबार महाराजगन्जस्थित मनमोहन कार्डियो थेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा मुटुको शल्यक्रिया गरिएको हो।

स्वास्थ्य अवस्था गम्भीर बनेपछि पौडेललाई शीतल निवासबाट शनिबार राति पौने २ बजे अस्पताल पुर्‍याइएको थियो। राष्ट्रपतिको  मुटुको शल्यक्रिया गरेर पेसमेकर राखिएको राष्ट्रपतिका सञ्चारविज्ञ किरण पोखरेलले हिमालप्रेसलाई जानकारी दिए।

उपचारमा संलग्न चिकित्सकका अनुसार मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म लगाएर चिकित्सकहरूले शल्यक्रिया गरेका हुन्। गत शनिबारदेखि अस्पतालको सीसीयूमा राखेर उनको उपचार गरिएको थियो।

पौडेलको मुटुको चाल सुधारउन्मुख नभएपछि मंगलबार चिकित्सकहरूले शल्यक्रिया गरेर पेस मेकर राखेका हुन्। गत मंगलबार पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा पनि उपचार गराएका थिए। बाँसबारीमा एन्जिओप्लास्टी गरेर बन्द भएको मुटुको नशा खुलाइएको थियो। मुटुकै समस्याका कारण पौडेलले भारतमा पनि ‍उपचार गराएका थिए। तर उनको स्वास्थ्यमा उल्लेख्य सुधार हुन सकेको छैन।

प्राध्यापक डाक्टर रत्नमणि गजुरेलले पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिए।

प्रकाशित: ५ असार २०८० १४:५३ | Tuesday, June 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast