 फाइल तस्बिर।
                             फाइल तस्बिर।
                                            काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेल मुटुमा पुन: समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ। पौडेलको मुटुमा समस्या देखिएपछि शनिबार (आज) बिहान २ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुर्याई स्वास्थ्य परीक्षण गरिएका उनलाई सोही अस्पतालमा रहेको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा भर्ना गरिएको हो।
बिहान ५ बजे मनमोहन कार्डियो थेरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको बताइएको छ। सीसीयूको क्याबिनमा राखेर अहिले उनको उपचार जारी रहेको अस्पताल स्रोतले जनाएको छ।
मुटुमा समस्या आएपछि एक साताअघि पनि उनलाई बाँसबारीस्थित सहित गंगालाल अस्पताल भर्ना गरी उपचार गरिएको थियो। १ महिनाअघि उनलाई भारतको नयाँ दिल्लीमा उपचार गराइएको थियो।
                            प्रकाशित: २ असार  २०८० ९:०५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 