‘राप्रपाले हिन्दू राष्ट्रका लागि संविधान संशोधनको प्रस्ताव ल्याए प्रधानमन्त्रीको अग्निपरीक्षा हुन्छ’

हिमाल प्रेस २८ जेठ २०८० १७:२१ | Sunday, June 11, 2023
‘राप्रपाले हिन्दू राष्ट्रका लागि  संविधान संशोधनको प्रस्ताव ल्याए प्रधानमन्त्रीको अग्निपरीक्षा हुन्छ’

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतालाई देखाउनका लागि मात्रै पशुपतिनाथको दर्शन गरेको टिप्पणी गरेका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देशको प्रधानमन्त्री, मन्त्री, प्रतिनिधिले हिन्दू राष्ट्रको मुद्दालाई अन्तरहृदयबाट नै स्वीकार गरेको भए स्वागतयोग्य रहेको बताए।

उनले प्रधानमन्त्रीले भारत भ्रमणमा भारतीयहरूले गेरुवस्त्र लगाइदिएपछि पशुपतिनाथमा पहिलोपटक पुगेर नेपालीहरूलाई देखाउनका लागि मात्रै पशुपतिनाथको दर्शन गरेको बताए। उनले कसैलाई चित्त बुझाउनका लागि पशिुपतिनाथको दर्शन गरेको भए दुर्भाग्य भएको उल्लेख गरे। उनले प्रधानमन्त्रीले पशुपतिनाथको दर्शन गर्नुको रहस्य राप्रपाले हिन्दू राष्ट्र बनाउनका लागि ल्याएको प्रस्तावबाट पत्ता लाग्ने बताए। उनले राप्रपाले उपयुक्त समयमा हिन्दू राष्ट्रका लागि संविधान संशोधनको प्रस्ताव ल्याउने बताए।

अध्यक्ष लिङदेनले आफूले धर्मको राजनीति नगरेको पनि स्पष्ट पारे। उनले हिन्दू राष्ट्र देशका लागि आवश्यक भएको बताए।

प्रकाशित: २८ जेठ २०८० १७:२१ | Sunday, June 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast