‘राज्यका हरेक निकायमा आदिवासी जनजातिको सहभागिता सुनिश्चित गर्नुपर्छ’

हिमाल प्रेस १५ असार २०८० १५:३० | Friday, June 30, 2023
‘राज्यका हरेक निकायमा आदिवासी जनजातिको सहभागिता सुनिश्चित गर्नुपर्छ’

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राज्यका हरेक निकायमा आदिवासी जनजातिको सहभागिता सुनिश्चित गर्न गम्भीर रुपमा लाग्ने बताएका छन्।कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको प्रशिक्षण कार्यक्रमलाई शुक्रबार पार्टी कार्यालय सानेपामा उद्घाटन गर्दै सभापति देउवाले कांग्रेसले सदैव समावेशीताको मुद्दालाई जोडदार रुपमा उठाउँदै आएको भन्दै हरेक निकायमा आदिवासी जनजातीको सहभागिता सुनिश्चित गर्न गम्भीर रुपमा लाग्ने बताएका हुन्।

देउवाले आदिवासी जातजातीको भाषा, संस्कृतिको संरक्षण गर्दा राज्यलाई नै फाइदा हुने र यस क्षेत्रमा पर्यटन बढाउन सकिने धारणा राखे। कार्यक्रममा कांग्रेस उपसभापति एवं कानुनमन्त्री धनराज गुरुङले देशलाई भ्रष्टाचारको भुमरीबाट बाहिर निकाल्ने मिसनबाट सरकार पछि नहट्ने र एकपछि अर्को भ्रष्टाचारको फाइल खोल्दै जाने बताए। उनले गठबन्धन सरकार ढल्ने हल्लाले सरकारलाई कुनै हालतमा कमजोर नवनाउने जिकिर गरे।

त्यस्तै कांग्रेस नेता भिष्मराज आङदाङ्बेले पार्टीका दुईवटै उपसभापति सरकारका जानुको कारणबारे आफूलाई जानकारी नभए पनि एक जनाले पार्टी र अर्कोले सरकार हेर्दा उपयुक्त हुने सुझाव दिए। उनले अहिले पार्टीको केन्द्रीय समिति कर्मचारीले चलाएको जस्तो देखिएको उल्लेख गरे।

त्यस्तै कार्यक्रममा अन्य कांग्रेस नेताहरूले पार्टीप्रति आम कार्यकर्ता र जनताले गरेको अपेक्षा पुरा गर्नका लागि नेतृत्व गम्भीर भएर लाग्नुपर्नेमा जोड दिएका थिए।

प्रकाशित: १५ असार २०८० १५:३० | Friday, June 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast