राजनीतिलाई सफा नगरी देश बन्दैन : गृहमन्त्री

हिमाल प्रेस २८ जेठ २०८० १४:४४ | Sunday, June 11, 2023
राजनीतिलाई सफा नगरी देश बन्दैन : गृहमन्त्री उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ।

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिलाई सफा नगरी देशमा परिवर्तन नआउने बताएका छन्। आइतबार काठमाडौँमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र नभएका कारण देश पछि रह्यो भनेर आन्दोलन गरी लोकतन्त्र स्थापित गरे पनि नागरिकले चाहेको आवश्यकता पूर्ति गर्न नसकेको बताएका हुन्।

उनले राजनीतिक व्यवस्था र परिवर्तनको नेतृत्वको कार्यान्वयन गर्ने जिम्मा लिएका नेतृत्वको कमजोरीका कारण यस्तो समस्या भोग्नुपरेको बताए।

‘राजनीतिलाई सफा नगरिकन यो देशमा परिवर्तन गर्न सकिँदैन। त्यो जिम्मा हामीमा छ, सबै नागरिकमा छ,’ उनले भने, ‘राजनीतिबाट भागेर होइन, राजनीतिमै रहेर हामीले बनाउने कि बर्बाद गर्ने भन्ने यसमै निहित छ।’

मन्त्री श्रेष्ठले १२ कक्षा पास गरिसकेपछि विदेश जाने क्रम नेपालका लागि संस्कृति जस्तो बन्न थालेको उल्लेख गरे। उनले विकास र विज्ञानलाई मिसाएर नेपालको संस्कृतिको रक्षा गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए।

प्रकाशित: २८ जेठ २०८० १४:४४ | Sunday, June 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast