राजनीतिज्ञमा कमाएर खाने भावना हुनुपर्छ : सुशीला कार्की

हिमाल प्रेस २ असार २०८० १८:३३ | Saturday, June 17, 2023
राजनीतिज्ञमा कमाएर खाने भावना हुनुपर्छ : सुशीला कार्की

काठमाडौँ- पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राजनीतिज्ञमा कमाएर खानुपर्छ भन्ने भावना हुनुपर्ने बताएकी छन्। शनिबार काठमाडौँमा दिपेश घिमिरेद्वारा लिखित पुस्तक ‘शासन र शासक, नेपाली दुखका विविध आयाम’को लोकार्पण कार्यक्रममा कार्कीले राजनीतिज्ञ भएर जीवनभर पुग्नेगरी कमाएर बस्ने प्रवृतिभन्दा कमाएर खानुपर्छ भन्ने भावना हुनुपर्ने बताएकी हुन्।

राजनीतिमा गएर जुकाजस्तो टाँसिएर तीन पुस्ता, चार पुस्तालाई पुग्ने प्रवृत्तिमा परिवर्तन आउनुपर्ने कार्कीको भनाइ थियो। गरिब जनताले सिटामोलसमेत खान नपाउने अवस्था हुँदा सांसद पद पाएपछि लाखौँ दिइरहनुपर्ने प्रवृत्ति पनि समाप्त हुनुपर्ने उनको जिकिर थियो।

भ्रष्टाचारमा लिप्त भएकाहरूलाई पाखा लगाएर युवालाई हरेक क्षेत्रमा अवसर दिइनुपर्नेमा पूर्वप्रधानन्यायाधीश र्काीले जोड दिइन्।

त्यस्तै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नेपालमा उपयुक्त लगानीको वातावरण नरहेको र त्यसलाई सुधार्न आवश्यक रहेको बताए। भ्रष्टाचारविरुद्ध सरकारको अभियान सकारात्मक रहेको भन्दै यसलाई सशक्त रूपमा अघि बढाउनुपर्ने बताए।

प्रकाशित: २ असार २०८० १८:३३ | Saturday, June 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast