रवि लामिछाने भन्छन् : रास्वपामा हर्क र बालेनलाई जोड्न सके असाध्यै राम्रो हुन्थ्यो

हिमाल प्रेस ७ असार २०८० १३:०३ | Thursday, June 22, 2023
रवि लामिछाने भन्छन् : रास्वपामा हर्क र बालेनलाई जोड्न सके असाध्यै राम्रो हुन्थ्यो

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काठमाडौँका मेयर बालेन शाह र धरानका मेयर हर्क साम्पाङलाई आफ्नो पार्टीमा जोड्न सके असाध्यै खुसी हुने प्रतिक्रिया दिएका छन्।

पार्टी स्थापनाको एक वर्ष भएको अवसरमा पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा लामिछानेले यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले भने, ‘हर्क र बालेनलाई जोड्न सके असाध्यै राम्रो हुन्थ्यो। हाम्रो चाहना छ। सय प्रतिशत सकारात्मक छौँ। उहाँको कामको प्रसंशा गरेकै छु। चुनावदेखि राम्रा कामलाई समर्थन गर्दै आएको छु।’

लामिछानेले समाजवादी मोर्चालाई दलीय अधिकार भनेर टिप्पणी गरेका छन्। उनले अरु दलले बनाउने मोर्चाले रास्वपालाई कुर्नै असर नगर्ने भन्दै दलहरूले गर्ने मोर्चालाई तनहुँ–१ को चुनावसँग तुलना गरेर हेर्न आग्रह गरे।

‘हाम्रो डा. स्वर्णिम वाग्ले लडेको निर्वाचन क्षेत्रमा गठबन्धन भएको थियो नि त्यहाँ के भयो देख्नु भएन?’ उनले प्रश्न गर्दै भने,’दलहरूले मोर्चाबन्दी गरेर के गर्नुहुन्छ? जनताको मुद्दामा मोर्चाबन्दी गर्नुस् न हामी पनि आउछौँ।’

प्रकाशित: ७ असार २०८० १३:०३ | Thursday, June 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast