रंगेली अस्पताल र कन्या क्याम्पसलाई सिटिजन्स बैंकको सहयोग

हिमाल प्रेस २८ जेठ २०८० १६:२३ | Sunday, June 11, 2023
रंगेली अस्पताल र कन्या क्याम्पसलाई सिटिजन्स बैंकको सहयोग

काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेसनलले रंगेली अस्पताललाई सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोशी प्रदेशस्थित रंगेली अस्पताललाई २ वटा पोस्ट अपरेसन मोनिटर र एउटा भ्याक्सिन स्टोरेज फ्रिज सहयोग गरेको हो।

बैंकको प्रदेश कार्यालय विराटनगरमा एक कार्यक्रम गर्दै अस्पताललाई सहयोग हस्तान्तरण गरिएको हो। कार्यक्रममा रंगेली नगरपालिका प्रमुख दिलीपकुमार अग्रवाल, उपप्रमुख भुमा पराजुली, रंगेली अस्पाताल विकास समितिका अध्यक्षलगायतको उपस्थिति थियो।

साथै बैंकले काठमाडौँको डिल्लीबजारस्थित डिल्लीबजार कन्या क्याम्पसलाई प्रोजेक्टर सहयोग गरेको छ। विद्यार्थीलाई पठनपाठनका लागि सजिलो होस् भन्ने उद्देश्यले प्रोजेक्टर दिइएको बैंकले जानकारी दिएको छ।

प्रकाशित: २८ जेठ २०८० १६:२३ | Sunday, June 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast