युरोपेली संघद्वारा युक्रेनलाई सैन्य सहायताका लागि ३ अर्ब युरो विनियोजन

हिमाल प्रेस १२ असार २०८० २१:३५ | Tuesday, June 27, 2023
युरोपेली संघद्वारा युक्रेनलाई सैन्य सहायताका लागि ३ अर्ब युरो विनियोजन

ब्रसेल्स- युरोपेली संघ काउन्सिलले युक्रेनलाई हतियार आपूर्तिका लागि बजेट छुट्याएको उल्लेख गरेको रुसी समाचार एजेन्सी तासले उल्लेख गरेको छ। लक्जेम्बर्गमा भएको बैठकपछि ईयूका २७ सदस्य राष्ट्रका विदेश मन्त्रीहरूले युरोपेली शान्ति सुविधामा ३.५ बिलियन युरो बजेट बढाएर अनुमोदन गरेका छन्।

साथै ब्रसेल्सले युक्रेनलाई हतियार आपूर्तिका लागि रकम विनियोजन गरेको छ। काउन्सिलले आज युरोपेली शान्ति सुविधाको समग्र वित्तीय सीमा सन् २०२३ मार्च २० बाट लागू हुने गरी अघिल्लो सम्झौताको आधारमा सो थप रकम वृद्धि गर्ने निर्णय गरेको समाचारमा उल्लेख छ।

‘यो कार्य वित्तीय दिगोपन र सुरक्षित तथा शान्तिपूर्ण भविष्य सुनिश्चित गर्न एवं यसको विश्वव्यापी भौगोलिक दायरा र संकट र द्वन्द्वहरूलाई रोक्न र त्यसका लागि सिघ्र प्रतिक्रिया गर्ने ईयूको क्षमतालाई जोगाउनको लागि हो,’ समाचारमा भनिएको छ। रासस/एएनआई

प्रकाशित: १२ असार २०८० २१:३५ | Tuesday, June 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast