यी हुन् ५ लाख प्रोत्साहन अनुदान पाउने १९५ सामुदायिक विद्यालय

हिमाल प्रेस ७ असार २०८० १८:२१ | Thursday, June 22, 2023
6
SHARES
यी हुन् ५ लाख प्रोत्साहन अनुदान पाउने १९५ सामुदायिक विद्यालय

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले १९५ उत्कृष्ट सामुदायिक विद्यालयलाई  प्रोत्साहन अनुदानबापत ५ लाख रुपैयाँ दिने भएको छ। केन्द्रले व्यवस्थापकीय र शैक्षिक स्तरका आधारमा उत्कृष्ट सामुदायिक विद्यालयलाई ५/५ लाखका दरले नतिजामा आधारित प्रोत्साहन अनुदान दिन लागेको हो।

प्रत्येक निर्वाचन क्षेत्रबाट एक विद्यालय पर्ने गरी १६५ वटा, महानगरपालिका र उपमहानगरपालिकाभित्रबाट थप २/२ विद्यालय गरी १९५ वटा विद्यालयको नामावली सार्वजनिक गरेको छ। केन्द्रले चालु आर्थिक वर्ष नतिजामा आधारित प्रोत्साहन अनुदानका लागि छनोट भएका विद्यालयका लागि आवश्यक बजेट विनियोजन गरिसकेको छ।

केन्द्रले नतिजामा आधारित प्रोत्साहन अनुदानका लागि छनोटका आधार २०७९ को बुँदा न ६ अनुसार कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाउन विद्यालयलाई निर्देशन दिएको छ।

 

प्रकाशित: ७ असार २०८० १८:२१ | Thursday, June 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast