 
                             
                                            काठमाडौँ– पद्मश्री साहित्य पुरस्कार २०७९ का लागि १५ वटा साहित्यिक कृति छनोट भएका छन्।
०७९ मा प्रकाशितमध्ये पुरस्कार निर्णायक मण्डललाई प्राप्त १८० पुस्तकहरूमध्ये पहिलो चरणको उत्कृष्ट विस्तारित सूचीमा १५ पुस्तकहरू छनोट भएका हुन्।
खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले ०६३ सालदेखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरूमध्ये उत्कृष्टलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ।
चयन प्रक्रियाको पहिलो चरणमा प्रतिष्ठानमा प्राप्त भएका पुस्तकहरूमध्येबाट १५ पुस्तकलाई उत्कृष्ट विस्तारित सूची (लङ लिस्ट) सार्वजनिक गर्ने, दोस्रो चरणमा विस्तारित सूचीमध्येबाट उत्कृष्ट संक्षिप्त सूची (शर्ट लिस्ट) चयन गर्ने र अन्तिम चरणमा पुरस्कृत पुस्तक घोषणा हुने प्रतिष्ठानले जनाएको छ।
यी हुन् छनोटमा परेका पुस्तक:
पुस्तक लेखक
१. आतोओडा, जानुका खतिवडा
२. इजोरिया, सुबिन भट्टराई
३. ऐँठन, विवेक ओझा
४. चिसो बाफ, गोपी सापकोटा
५. थाङ्ग्रा, प्रगति राई
६. पर्वत पर्वतमा बटुवा घाम, रमेश क्षितिज
७. पानीघट्ट, सुरेश प्राञ्जली
८. ब्रम्हास्त्र, शैलेन्द्र अधिकारी
९. बाआमा, रामलाल जोशी
१०. भग्न भैरव, प्रोल्लास सिन्धुलीय
११. मनु, डा. देवीप्रसाद सुवेदी
१२. मफलर, प्रदीप रोदन
१३. यशोधरा, हरिबोल काफ्ले
१४. शून्यको मूल्य, डा. नवराज केसी
१५. सन्तापको धून, अशोक थापा

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 