 
                             
                                            काठमाडौँ- नेपाल प्रज्ञाप्रतिस्ठानको ६६औँ वार्षिकोत्सवको उपलक्ष्मा कविता प्रतियोगिता आयोजना गरिएको छ। शनिबार आयोजित कविता प्रतियोगितामा सहभागीमध्ये १० उत्कृष्ट कविता पुरस्कारका लागि छनोटमा परेका छन्।
प्रतिष्ठानको मूल्यांकन समितिले सिफारिस गरेअनुसार उमेश पुनको ‘छोरी, सिमाना र देश’ कविता प्रथम भएको छ। त्यस्तै कृपा करुणा पोखरेलको ‘रक्तिम कथा’ द्वितीय र खिमानन्द जोशीको ‘मुई गोठ नाइँ झान्या हुँ’ डोटेली भाषाको कविता तृतीय भएको छ। प्रथम र द्वितीय दुवै कविता नेपाली भाषाका हुन्।

                            प्रकाशित: ९ असार  २०८० १९:२३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                    


 
  
  
  
  
  
  
  
  
  
 