यामाहा ट्याक्स रिल्याक्स : दुई वर्षका लागि सडक कर निःशुल्क

हिमाल प्रेस ५ असार २०८० १८:०० | Tuesday, June 20, 2023
यामाहा ट्याक्स रिल्याक्स : दुई वर्षका लागि सडक कर निःशुल्क

काठमाडौँ- यामाहाको दुईपांग्रे सवारीसाधन खरिदमा २ वर्षका लागि सडक कर निःशुल्क पाइने भएको छ। कम्पनीले आफ्ना ग्राहकलाई सुविधा दिने उद्देश्यले मंगलबार ‘यामाहा ट्याक्स रिल्याक्स’ अफर घोषणा गरेको हो।

अफरअन्तर्गत यामाहाको मोटरसाइकल तथा स्कुटर खरिद गर्दा पहिलो २ वर्षको सडक कर पनि खरिद लागतमै कभर हुने कम्पनीले जानकारी दिएको छ। सडक करजस्ता अतिरिक्त खर्चहरूले ग्राहकलाई बोझ पार्न सक्ने भन्दै कम्पनीले ग्राहको सजिलोका लागि अफर घोषणा गरिएको कम्पनीको भनाइ छ।

यामाहा नेपालका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले यामाहामा सवारी गर्नु भनेको अनावश्यक आर्थिक तनावबाट मुक्त भई रमाईलो अनुभव गर्नु पनि रहेको बताए। त्यही मान्यतामा आधारित भएर उक्त अफर ल्याइएको उनको भनाइ छ।

प्रकाशित: ५ असार २०८० १८:०० | Tuesday, June 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast